अपडेट 
२०७७ माघ २१, बुधबार ०८:३६

विश्वभरमा सात करोड ६२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ६२ लाख २० हजार तीन सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार चार सय तीन जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २२ लाख ६१ हजार नौं सय २८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ६७ लाख ४५ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ५७ हजार सात सय ८९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड सात लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड चार लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार ६ सय ३५ जना पुगेको छ। नेपालमा हालसम्म दुई लाख ७१ हजार द्ई सय ८९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६६ हजार आठ सय ५९ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News