अपडेट 
२०७७ माघ २१, बुधबार ०८:३८

आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देशका पहाडी भूभागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै बिहिबार उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

यसैगरी शुक्रबार देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

Comment


Related News

Latest News

Trending News