अपडेट 
२०७७ माघ २१, बुधबार ०८:५५

जीतपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रका पत्रकारहरुसँग बारा जिल्लाको प्रहरी प्रमुखको रुपमा हालसालै जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले सिमरामा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमरामा आयोजना गरिएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरिक्षक शाहीले जिल्लाको शान्ति ,सुरक्षा र बस्तु स्थितको बिषयमा जानकारी लिएका थिए । प्रहरी उपरिक्षक शाहीले पत्रकारहरुलाई निर्भय भएर निष्पक्ष समाचार सम्पे्रषण गर्न अनुरोध गरे । उनले पत्रकार हरुलाई हरेक क्षण सुरक्षाका प्रत्याभुति दिलाउन तयार रहेको बताए ।

Comment


Related News

Latest News

Trending News