अपडेट 
२०७७ माघ २१, बुधबार १४:०४

सशस्त्र प्रहरीले सप्तरीबाट ४१ किलो गाँजा बरामद गरेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।

गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News