अपडेट 
२०७७ माघ २१, बुधबार १७:४०

पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना  सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।   

Comment


Related News

Latest News

Trending News