अपडेट 
२०७७ माघ २१, बुधबार १७:५५

वेपत्ता भएको डेढ वर्षपछि सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल भेटिएको छ ।
पण्डितको बुधबार दिउँसो २ बजेतिर घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारको क्रममा कंकाल भेटिएको हो ।जिर्णाद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि खबर गरेको डिएसपी भुवनेश्वर साहले बताए ।कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको प्रहरीको भनाई छ ।उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो । डिएसपी साहका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् ।
प्रहरी तथा आफन्तले खोजी कार्य जारि राखेकै बेला घर नजिकैको उक्त पोखरी जिर्णोद्वारको क्रममा उनको कंकाल भेटिएपछि स्थानियले आश्चर्य व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News