अपडेट 
२०७७ माघ २१, बुधबार १९:१२

जनकपुरधामको रामानन्द चोकमा सात दिवसीय रामानन्द जयन्ती आज छैठौ दिन पनि विभिन्न कार्यक्रम र विधिका साथ मनाइएको छ ।

रामानन्दीय वैष्णव संघ जनकपुरको आयोजनामा सात दिवसीय रामानन्द जयन्ती गएको माघ १६ गतेदेखि शरु भएको थियो । भोली दिवसको अन्तिम दिन नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा समापन समारोह हुने भएको छ । बिहान १० बजेदेखि समापन समारोह शुरु हुने जानकी मन्दिरको छोटे महन्त राम रोशन दास वैसनवले बताउनुभयो । समापन समारोहमा सहभागी हुनको लागि सम्पूर्ण नगवासी श्रद्धालुभक्तजनमा महन्थ दासले आग्रह गरेका छन् ।

वैष्णव समुदायका मार्गदर्शक रामानन्द स्वामी जयन्ती परापूर्वकालदेखि मनाउँदै आएको छ । यस वर्ष पनि विविध कार्यक्रम गरी स्वामी रामानन्द जयन्ती जनकपुरधामको रामानन्द चोकमा मनाइदै छ । भगवान श्रीराम र सीता बीचको वैवाहिक कार्यक्रमलाई रामानन्द जन्मोत्सवमा वर्णन गरिएको छ । सातदिनसम्म मनाईने उक्त उत्सवमा भगवान राम र सीताको विवाह वर्णन, नगर फुलवारी, रामकलेवा लगायतको कार्यक्रमहरु गरिएको थियो । सातै दिन जन्मोत्सवमा भारतको वृन्दावनकी चंचला देवीले प्रवचन वाचन गरकी छन् । साधुसन्त, महिला, उद्योगी, व्यवसायी , नागरिक समाजका अगुवाहरुको सहभागितामा साताव्यापी कार्यक्रम मनाउन लागिएको हो । बिहीबार बिहान १० बजेदेखि बधाइया शुरु हुनेछ । १२ बजेपछि जन्मोत्सव विधिवत रुपमा शुरु हुने रोशन दासले बताए ।

Comment


Related News

Latest News

Trending News