अपडेट 
२०७७ माघ २२, बिहीबार ०७:२४

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले प्राप्त उपलब्धिको रक्षा र थप विकासका लागि गहन जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

प्रदेशसभाको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा परियारले प्रदेश २ ले प्राप्त गरेको उपलब्धि सिङ्गो राष्ट्रका लागि अनुकरणीय रहेको बताए । जिम्मेवारी बोधका साथै जनताप्रतिको दायित्व निर्वाहलाई इमानदार भइ बहन गर्नु परियारले बताए । कार्यक्रममा प्रदेश २ का सभामुख सरोज कुमार यादवले प्रदेश सभा बैठक छल्ने र बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिने प्रदेश सरकारका मन्त्रीहरुवाट अटेरी भएको आरोप लगाए । प्रदेश सभाको निर्देशन कार्यन्वयन नगरे कारवाहिको भागि बन्ने उनले भने । आर्थिक वर्ष ०७५÷७६ मा भुक्तानी नभएको रकम मन्त्रालयलाई पटक पटक निर्देशन दिएपनि अटेर गरेकोले प्रदेश सभाले आफनै दफा लगाएर कारवाहिको दायरामा ल्याउने यादवले बताए ।

सभामुख यादवले उपभोक्ता समितिहरुको भुक्तानी अहिले सम्म नभएको प्रति आक्रोस व्यक्त गर्दै सात दिन भित्र भुक्तानी नगरिए प्रदेशसभाको अवहेलना मुद्दामा कारवाहि हुने चेतावनी दिए । प्रदेश सभामा आएका विधेयक धमाधम कानुन बनेपनि प्रयोगमा नआएको यादवले बताए । प्रदेश सभाबाट पारित प्रदेश प्रहरी ऐन, जनलोकपाल, दलीत सशक्तिकरण, मिडिया काउन्सिल, प्रदेश सञ्चार, प्रादेशिक सडक सम्बन्धि विधेयक कार्यान्वयन हुनसकेको छैन । मुख्यमन्त्री लालबाबु राउतले संविधानको गलत व्याख्या गर्दे संविधानलाई नै समाप्त पार्ने क्रियाकलापप्रति सम्पूर्ण परिवर्तनकारी शक्ति एकताबद्ध भई विरोध गर्नुपर्ने बताए । प्रदेशमा सत्ता र प्रतिपक्षको सकारात्मक पहलले हरेक तहमा विकासको अनुभूति भइरहेको राउतले दावी गरे । राउतले केहि दलको ढुलमुले नीति र स्वार्थका कारण प्रधानमन्त्री केपि शर्मा ओलिले असवैधानिक ‘कु’ गर्दा पनि सत्ता लम्बियाउन सफल भएको बताए ।

पार्टीको आन्तरिक समस्यामा प्रम ओलिले प्रतिनिधी सभा विघटन गरेको बताउँदै राउतले हजारौको बलिदानिबाट प्राप्त संघियता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रण भइरहेको बताए । एक व्यक्तिको सनकले संविधानको औचित्य नै समाप्त गरी प्रतिगमन भएको मुख्यमन्त्री राउतले आरोप लगाए । लोकतान्त्रि शक्ति मिलेर तानाशाह विरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेकउनले भने । प्रधानमन्त्री ओलिले सत्ता लम्बियाउने उद्देश्यले चुनावको नाटक मात्रै गरेको राउतले आरोप लगाए । संविधानमा प्रदेशलाई दिएको अधिकारपनि संघिय सरकारले खोस्दै आएको मुख्यमन्त्री राउतले बताए । कम श्रोत साधन भएपनि प्रदेश २ सरकारले आफ्नो क्षमता अनुसार प्रदेशको आर्थिक, समाजिक, शैक्षिक रुपमा विकास निर्माणको जुटेको मुख्यमन्त्री राउतले दावी गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले प्रतिनिधिसभा विघटन स्वीकार्य नहुने बताए । प्रमुख प्रतिपक्षि दल नेकपाका संसदीय दलका नेता सत्रुधन महतोले प्रम ओलिले गरेको संसद विघटनको विरुद्धमा सम्पुर्ण दलहरु एकजुट भई आन्दोलन गर्नुपर्ने बताए । समारोहमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, सिँचाइ , चुरे संरक्षण, नदी उत्खनन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक रहेको बताए ।

Comment


Related News

Latest News

Trending News