अपडेट 
२०७७ माघ २२, बिहीबार ०७:५१

सप्तरीको शम्भुनाथ नगरपालिका ७ बाट काठ सहित एक सः मिल संचालक पक्राउ परेका छन् । सव डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीले आईतवार सिमल र कदमको बीस थान गोलिया काठ सहित सप्तरीको बोदेबर्साईन नगरपालिका ७ का अशोक कुमार साहलाई नियन्त्रणमा लिएको हो ।

शम्भुनाथ नगरपालिका ९ बसवलपुरस्थित सार्वजनिक जमिनमा रहेको सःमिल र कदमको रुख काटेको सूचनाको आधारमा अबैध काठसहित साहलाई पक्राउ गरेको सव डिभिजन वन कार्यालय रुपनीले जनाएको छ । सुराकी पाउनसाथ हामी त्याहाँ पुग्यौं, सव डिभिजन कार्यालय रुपनीका प्रमुख साहायक बन अधिकृत रामआशिष यादले भने, घटना स्थलबाट र साहले संचालनमा ल्याएको सः मिलबाट गरि सिमल र कदमको गोलिया २० थानको २९८.५८ क्युफिट अबैध काठ सहित उनलाई नियन्त्रणमा लियौ ।

साहले शम्भुनाथ नगरपालिका ७ स्थित रहेको लक्ष्मि सः मिल भाडामा लिएर संचालन गर्दै आएको बन अधिकृत यादवले बताए । बरामद अबैध काठ सव डिभिजन कार्यालय शम्भुनाथ रुपनीमा राखिएको तथा साहलाई हिर ासतमा राखी कारबाही प्रक्रिया अघाडी बढाएको बन अधिकृत यादवले जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News