अपडेट 
२०७७ माघ २२, बिहीबार ०८:१०

गौर । नेपाल–भारत सीमा बुधवारदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीको संक्रमण तथा जोखिम न्यूनीकरणको लागि दुवै देशको सहमतिमा बन्द गरिएको आवागमन आंशिक रुपमा खुलेको हो । तराई मधेश सित टाँसिएको भारतीय सीमानाका बन्द भएको कारण उत्पन्न भएको असहज परिस्थतिलाई मध्यनजर गर्दै भारत सरकारले नाका सुचारु गर्ने निर्देशन दिएपछि गौर बैरगनिया लगायतका ३० वटा नाका खुलेको छ ।

बुधवार बिहानदेखि भारतीय सीमा सुरक्षा बलले सीमामा लगाएको बैरियर हटाउँदा पैदल यात्रुको आवागमनमा सहजता आएको छ । नेपाल सरकारले सीमामा पूर्ण सतर्कता अपनाउदै शर्त सहित नाका सुचारु गर्ने गरेको निर्णयले स्थानीयलाई आवागमन गर्नमा कठिनाई उत्पन्न हुनुको साथै भारत सितको सम्वन्धमा तितोपना आउने जानकारहरुको भनाइ रहेको छ । नेपालले आफ्नो तर्फबाट नाका खुल्ला गर्दा भारतीय सीमा सुरक्षा बलको अवरोध कायम रहेको थियो भने भारत सरकारले सीमा खुल्ला गर्दा नेपाल सरकारको अस्पष्ट निर्देशनको कारण अवरोध सृजना भएको छ । नेपाली सीमा क्षेत्रमा गौर नगरपालिकाको सहयोगमा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुको अभिलेख राख्ने निर्देशन गृह मन्त्रालयको रहेको बुझिएको छ ।

नेपाल–भारत सीमा खुलेको हल्ला भएपछि स्थानियहरु हर्षित भएको थियो तर सीमामा नेपाली सुरक्षाकर्मीको अवरोधले स्थानियहरु सरकार प्रति आक्रोशित भएका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पैदल यात्रु निर्धक रुपमा अवागमन गर्न सकिने तथा सवारीसाधन जान नसकिने बताए । सवारी साधनको अवागमनको विषयमा प्रष्ट निर्देशन नरहेकोले गृह सचिव संग सीमामा सहज रुपमा आवागमन गर्न बातावरणको लागि कुरा गरेकोले एक दुइ दिनमा स्पष्ट निर्देशन आउने बताए । छिटै नै पुर्वत रुपमा सवारीसाधनको अवागमन हुने विश्वास व्यक्त गरेका छन । उनले भने सीमामा अभिलेख राख्ने निर्णयले समस्या उत्पन्न हुने भएको जानकारी गराएको छू मन्त्रालयका गृह सचिवले चाडै नै निर्देशन पठाउने जानकारी दिएको प्रजिअ यादवले बताए । गएको २०७६ चैत्र ११ गते देखि बन्द भएको सीमा नाकाको कारण मधेशमा सामाजिक , सांस्कृतिक , धार्मिक ,पारिवारिक सम्वन्धमा नकारात्मक प्रभाव परेको छ । बेटीरोटीको सम्वन्ध भएको नेपाल– भारत विच नेपाल सरकारको कार्य शैलीको कारण भारतीय नागरिकले गर्ने बैबाहिक सम्वन्ध नगर्ने अवस्थामा पुगेका छन् ।

गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सुशिल शर्माले स्पष्ट निर्देशन नआएकोले भन्सार खुल्ला गर्न नसकिने बताएका छन् । पैदल यात्रु ,साइकल सवारी यात्रु आवागमन गर्न सकिने निर्देशन रहेकोले भारतीय सवारी साधनको भन्सार लिन नसकिने प्रस्ट पारे । अधिकृत शर्माले सरकारको थप निर्देशन आएपछि भन्सार कार्यालयले व्यक्तिगत तथा भाड़ाका सवारी साधनको भन्सार कर लिने जनाए । भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपालमा आउने सवारी साधन मोटर साइकलको अवरोध नगरे पनि नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी र नेपाल प्रहरीले आउन प्रतिवन्ध लगाउने गरेकोले चोरबाटो प्रयोग गर्नु परेको भारतबाट नेपाल आउने बटुवाहरुले गुनासो गरेका छन ।

Comment


Related News

Latest News

Trending News