अपडेट 
२०७७ माघ २२, बिहीबार १५:२५

जनकपुरधाममा भएको झडपमा नेकपा प्रचण्ड माधव पक्षका पांच जना नेता घाइते भएको छ भने एक जना प्रहरी जवान घाइते भएका छन ।

विहिवार पुर्व घोषीत आमहडताललाई कायान्वयन गराउनका लागि प्रर्दशन गरिरहेका नेकपाका प्रचण्ड नेपाल पक्षलाई जनकपुरधामको शिवचौकमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको थियो । झडपमा परि नेकपाका प्रचण्ड माधव पक्षका केन्द्रिय सदस्य रामचन्द्र झा,मात्रीका प्रसाद यादव,जिल्ला अध्यक्ष श्रवण बरवरिया,शहिद नगरपालिकाका मेयर उदय वरवरिया,कारी यादव,प्रदिप साह घाइते भएको छ भने प्रहरी तर्फ प्रहरी जवान लालबाबु राय घाइते भएका छन । घाइतेहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।घाइते भइ अस्पताल भर्ना भएका नेकपाका केन्द्रिय सदस्य मात्रृका यादवले शान्तिपुर्ण प्रर्दशन गरिरहदा झडप गराउने अभिप्रायले नै प्रहरीले जवरजस्ती लठठी प्रहार गरेर आफु सहित नेता कार्यकताहरुलाई घाइते वनाएको आरोप लगाए ।

घाइते मध्ये रामचन्द्र झाको गमभीर रहेको छ उनको टाउकोमा चारवटा टांका,र अन्य घाइतेहरुलाई दुइवटा टांका,त्यसैगरि मात्रृकका यादवको खुटामा गमभीर चोट लागेको तथा प्रहरी जवान रायलाई तीनवटा टांका लगाइएको चिकित्सकले जानकारि दिएका छन ।

Comment


Related News

Latest News

Trending News