अपडेट 
२०७७ माघ २२, बिहीबार १८:२१

जनकपुरधामको रामानन्द चोकमा भएको सात दिवसीय रामानन्द जयन्ती बिहिबार सम्पन्न भएको छ । रामानन्दीय वैष्णव संघ जनकपुरको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको सात दिवसीय रामानन्द जयन्ती बिहिवार सम्पन्न भएको छ ।

जयन्तीको अन्तिम दिन नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको हो । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री निधिले रामानन्द स्वामीको तस्वीरमा दीप प्रज्वलन र मालाअर्पण गरेका थिए । समापन कार्यक्रममा बोल्दै निधिले अहिलेको समयमा सबैले रामानन्द स्वामीको भनाई ‘जात पात पुछेना कोई, हरिको भजे हरिका होई’ लाई आत्मसाथ गरि हिड्नु पर्ने बताए । अहिलेको समयमा जात पात हिन्दु, मुस्लिम नबुझि सबैजना मानवता र आफ्नो कर्म प्रति ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । उनले आफु मन्त्री हुनु नहुनु, चुनाव जित्नु नजित्नु सबै भगवानको ईच्छा रहेको बताए । साथै, उनले मानिसको कर्मनै सबै भन्दा ठुलो धर्म रहेको धारणा राखे ।

परापूर्वकालदेखि रामानन्द जयन्ती मनाईदै आईएकोमा बैष्णव समाजले गत सालदेखि धुमधामले सात दिनसम्म विभिन्न कार्यक्रम गरि उक्त जयन्ती मनाउन लागेको हो । प्रत्येक साल यसलाई निरन्तरता दिने बैष्णव संघ जनकपुरधाका अध्यक्ष र जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णवले बताए ।

वैष्णव समुदायका मार्गदर्शक रामानन्द स्वामी जयन्ती परापूर्वकालदेखि मनाउँदै आएको छ । यस वर्ष पनि विविध कार्यक्रम गरी स्वामी रामानन्द जयन्ती जनकपुरधामको रामानन्द चोकमा मनाइएको हो । सातदिनसम्म मनाईएको उक्त उत्सवमा भगवान राम र सीताको विवाह वर्णन, नगर फुलवारी, रामकलेवा लगायतको कार्यक्रमहरु गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News