अपडेट 
२०७७ माघ २३, शुक्रबार ११:३०

प्रचण्ड–नेपाल समूहले विहीवार आह्वान गरेको बन्दको क्रममा प्रहरीको क्रियाकलापको नेकपा धनुषाले घोरभत्र्सना गरेको छ ।

नेकपा धनुषाका संयोजक सुधिर प्रसाद साह र सह–संयोजक दिपककुमार यादवले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी प्रहरीको क्रियाकलाप असान्दर्भिक, अलोकतान्त्रिक र हैकमवादी प्रवृतिको संज्ञा दिएका छन् । विज्ञप्तिमा असंवैधानिक रुपमा गरिएको संसद विघटन तथा संवैधानिक निकायमा गैर संवैधानिक तरिकाले गरिएको नियुक्तिको विरोधमा देशव्यापी आम हडतालको क्रममा धनुषामा गरिएको प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मातृका प्रसाद यादव घाइते भई काठमाण्डु रेफर गरिएको थियो ।

नेकपा धनुषाले शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रुपमा अकारण स्थानीय प्रहरी प्रशासनले ५० राउण्ड गोली, आश्रुग्यास, लाठी प्रहार था ढुङ्गा प्रहार गर्दै मन्त्रीद्वयको ज्यान मार्ने प्रयास गरेको आरोप समेत लगाएका छन् । नेकपा धनुषाले दोषी प्रहरीलाई तुरुन्त कारवाहीको माग गर्दै बाध्यात्मक आम हडताल सफल बनाउन सहयोग गरेकाहरु प्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News