अपडेट 
२०७७ माघ २४, शनिबार ०७:५९

भारतमा कृषि कानूनविरुद्ध किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।

दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन् । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ । 

Comment


Related News

Latest News

Trending News