अपडेट 
२०७७ माघ २४, शनिबार ०८:१४

गौर । जनता समाजवादी पार्टी नेपाल, रौतहटका कार्यकर्ताहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।

संसद विघटनको विरुद्ध आन्दोलनमा उत्रेका जनता समाजवादी पार्टी नेपालका पूर्व घोषित कार्यक्रम अनुसार कार्यकर्ता हरुले सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन । मधेशी क्रांति चौकमा रहेका पार्टी कार्यालयबाट निर्वाचित जनप्रतिनिधि तथा नेताहरुको सहभागिता भएका विरोध रैली धरखन चौकमा कोण सभामा परिणत भएको थियो । कोणसभामा सम्वोधन गर्दै जसपा नेता कान्थमणी जैसवालले नेकपाका आन्तरिक विबादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको टिप्पणी गरेका छन । प्रधानमन्त्रीको प्रतिगमनकारी कदमले देशमा राजनीतिक संकट आएको जैसवालको भनाइ रहेको छ । जिल्ला समन्वय समिति रौतहटका उपाध्यक्ष राम अशिष राय यादवले नेकपा सरकारले आन्दोलनबाट प्राप्त भएका संघीयता ,लोकतन्त्र गणतन्त्र समाप्त पर्ने संकेत देखा परेकोले लोकतन्त्रका पक्षधरलाइ सचेत हुन पर्ने बताएका छन ।

मुलुकमा ओलीको कु नचल्ने समेत दावी गरे । विरोध रैलीमा प्रदेश सांसद राम किशोर यादव , बाबूलाल साह ,जिल्ला इंचार्ज बृज किशोर यादव , गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ता , माधव नारायण नगरपालिकाका नगर प्रमुख वीरेन्द्र राय यादव बौधिमाई नगरपालिकाका उपमेयर प्रेमलता कुशवाहा , वड़ाध्यक्ष राकेश झा , राम स्वार्थ राय यादव , पूर्व जिल्ला उपाध्यक्ष श्याम विहारी यादव , महिला नेत्री शोभा देवी साह , गीता कुशवाहा , राधा साह , विधार्थी नेता ललन कुमार यादव लगायत दर्जनौ कार्यकर्त् ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News