अपडेट 
२०७७ माघ २५, आईतवार ०८:०५

प्रदेश २ सरकारको अत्यन्त चर्चित ‘बेटी पढाउ, बेटी बचाउ’अभियान अन्तरगतको बेटी बिमा योजना बन्द भएकोछ ।

विमाका लागि बैंकसित भएको सम्झौताको अवधी समाप्त भएपछि बिमा कार्यक्रम रोकिएकोछ ।गत माघ महिनामा प्रदेश सरकारले विमा कार्यक्रमलाई अभियानको रुपमा अगाडी बढाउँदै २० वर्षमा ३ लाख निक्षेप भुक्तानी हुने घोषणा गरिएको थियो । प्रदेश सरकारले घोषणा गरे अनुसारको कार्यक्रम पूर्ण रुपमा बन्द भएकोछ ।कात्तिकदेखि जन्मेका छोरीहरुको विमाका लागि दर्ता समेत गरिएको छैन् ।त्यस अघि साउनदेखि दर्ता भएका छोरीहरुको खाता खोलेर बैंकमा रकम दाखिला गरिएको छैन् ।प्रदेश सरकारले बिमाका लागि दर्ता भएका बेटीहरुको खातामा सोझै रकम जम्मा गर्दै आएको थियो । ‘माघ महिनामा बिमाका लागि सञ्चालन गरिएको शिविरमा दर्ता भएका बेटीहरुको बिमाको रकम पठाइसकिएको छैन्’ कार्यक्रम संयोजक प्रियंका यादवले भनिन्, दर्ता भएको कागजातहरु सबै पालिकामा छ ।उनीहरुको अहिले सबै प्रकृया पुरा भइसकेको छैन् । ‘हाल सम्म दुई चरणमागरि ७ हजार १ सय २९ जना बेटीको सबै प्रकृया पुरागरि खातामा रकम जम्मा भइसकेको छ’ उनले भनिन्, उनीहरु प्रति बेटी २० वर्षमा ३ लाख रुपैया भुक्तानी पाउने छन् ।

शिविरमा दर्ता भएकाहरुको तथ्यांक प्राप्त भइनसकेको उनले बताइन् ।कात्तिक महिनादेखि दर्ताको काम नै रोकिएको उनले जनाइन् ।शिविरबाट संकलित २६ हजार बेटीको प्रकृया पुरा नभएको बताउँदै उनले बैंक छनौटको प्रकृयालाइ अगाडी बढाइएको बताइन् । ‘खाता खोल्ने बैंक छनौटको प्रकृयामा रहेकाले बेटीको दर्ता र रकम पठाउने प्रकृया रोकिएकोछ ’यादवले भनिन्, विमा गर्न रकम प्रयाप्त रहेपनि प्राविधिक समस्याको कारण प्रकृया रोकिएकोछ ।अब पालिकालाई नै एकमुष्ट रकम उपलब्ध गराउने र त्यहाँबाट नै बैंक खातामा रकम दाखिला हुने प्रकृया थालिने उनले बताइन् । ‘स्वतःस्फुर्त रुपमा बिमाका लागि दर्ता प्रकृयामा जाने संख्या कम रहेकोछ ’ यादवले भनिन् ,शिविर मार्फत घरदैलोगर्दा संख्या अत्यधिक बढने गरेकोछ । ब्ेटी बिमा÷मुद्दती खाता खोल्ने कार्य नरोकिएको उल्लेखगर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गौरवको कार्यक्रम रहेको बताए ।‘कोरोना भाइरस संक्रमणको समस्याले लकडाउनमा दर्ताको काम रोकिएको थियो’ उनले भने, अब फेरी प्रकृया अगाडी बढाइएकोछ । ल्कडाउनको अवधीमापनि पालिकाले जन्मदर्ताको कार्यलाई निरन्तरता दिएपनि बेटी बिमाको कार्य अगाडी बढेन् ।

प्रभु बैंकसितको सम्झौता रद्द भएको ७ महिना भइसक्दापनि अर्को बैंकसित सम्झौता गरिएको छैन् । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अत्यन्त महत्वका साथ प्रचारमा ल्याएपनि दुई वर्ष समेत निरन्तरता पाउन सकेको छैन् ।२० वर्ष पछि बेटीलाई एकलाख भुक्तानी दिने कार्यक्रमबाट सुरु भएको योजनामा रकम तीन लाख पु¥याइएको छ ।तर हाल सम्म ७ हजार बेटीको मात्र बिमा÷मुद्दतीमा रकम जम्मा भएकोछ । सरकारले बिमा भनेर प्रचार गरेपनि त्यो यथार्थमा मुद्दती खाता रहेको बैंकले जनाएकोछ ।बैंकका अनुसार मुद्दती खातामा रकम जम्मा गरेपछि २० वर्षमा निर्धारित रकम बेटीले भुक्तानी पाउनेछ ।तर प्रदेश सरकारले बिमा गरिएको भन्दै प्रचारबाजीगर्दै आएकोछ । नेपाल राष्ट्र बैंकमा दर्ता रहेका फाइनान्स कम्पनीहरु मार्फत मुद्दती बचतको कार्य गरे निर्धारित २० वर्षमा बैंकले दिने ब्याज भन्दा बढी रकम फाइनान्स कम्पनीले दिनेछ ।बैंक भन्दा फाइनान्स कम्पनीको ब्याजदर बढी भएको र अधिकतम् साढे ५ वर्षमा रकम दोब्बर हुने भएकाले बैंकको भन्दा फाइनान्स कम्पनीबाट बेटीले २० वर्षमा बढी रकम भुक्तानी पाउने छन् ।

Comment


Related News

Latest News

Trending News