अपडेट 
२०७७ माघ २५, आईतवार ०८:१०

चरेस र चरेस पेल्ने मेसिनसहित पर्साबाट एक जना पक्राउ परेका छन् ।

शनिबार पर्सा बहुदरमाई नगरपालिका–७ विश्रामपुरका ६० वर्षीय मुसलिम देवानलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । उनको घरबाट ९ किलो २० ग्राम चरेस, चरेस बनाउने लासा ९ सय २० ग्राम र चरेस पेल्ने तीन थान मेसिन बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । चरेसको बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले देवानको घरमा पुगेको थियो । उनको घरको कोठाभित्रको खाटमुनि लुकाइएको अवस्थामा चरेस र उपकरण बरामद भएको कुँवरले बताए । देवानलाई हिर ासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

Comment


Related News

Latest News

Trending News