अपडेट 
२०७७ माघ २५, आईतवार ०८:१६

प्रतिनिधी सभा विघटनको विरोधमा काँग्रेसले घोषणा गरेको तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शनिवार जनकपुरसहित देशभरि विरोध प्रदर्शन गरेको छ ।

काँग्रेस धनुषाले जनकपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधामन्त्री केपी शर्मा ओलीको तीन पुस्तेले पनि संघीयता र गणतन्त्र समाप्त गर्न नसकिने दावी गरे । मुलुकमा संघीयता र गणतन्त्र पटक–पटकको आन्दोलन र हजारौको बलिदानीले आएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधीले भने,‘ओलीले संघीयता र गणतन्त्रलाई समाप्त गरि पुनः राजसंस्था व्युताउन खोजेका छन् । त्यो ओलीको दिवा सपना मात्रै हुन्छ, ओलीको तीन पुस्तेले पनि गर्न सक्दैन ।’ संघीयता र गणतन्त्रण विरुद्ध उठने हातलाई नेपाली जनताले भाँच्न जानेको नेता निधीको भनाई थियो । प्रधानमन्त्री सुरुदेखि नै संघीयता र गणतन्त्र विरोधी रहेको दावी गर्दै नेता निधिले भने,‘ संघीयता र गणतन्त्रको लागि भएको आन्दोलन ताका ओलीले संघीयता र गणतन्त्र भन्नेको गोरु गाडामा चन्द्रमा पुग्ने जस्तै रहेको अभिव्यक्ति दिन्थे ।

ससद बिघटनको विरुद्धमा पार्टी भित्र एकमत रहेको नेता निधी स्पष्ट पारे । ‘ससद विघटन विषयमा पार्टी भित्र कुनै विवाद छैन, नेता निधीले भने,‘सबैको एकमत हो । हामी ससद पुर्नस्थापनाको पक्षमा छौ । तर संसद विघटन सम्बन्धि विषय अदालतमा पुगेकोले अदालतको फैसलालाई पर्खेका छौ । अदालतले जे फैसला गर्छन, सोही अनुसार काँग्रेस अगाडी बढ्छ ।’ पुर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले प्रधानमन्त्री ओलीको असंवैधानिक कमदलाई कडा रुपमा प्रतिवाद गरेका थिए ।

Comment


Related News

Latest News

Trending News