२०७७ माघ २५, आईतवार ०८:२४

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२४ हरपुरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

हरपुर क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच पुर्ब खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । नेकपाका नेता समेत रहेका पूर्वमन्त्री पौडेलले आफू खेलकुद मन्त्री भएको समयमा अन्तराष्ट्रिय तथा सार्कस्तरीय खेलकुद प्रतियोगितामा बिजय हुने नेपाली खेलाडीहरुका लागि आफूले नगद पुरस्कार दिने व्यवस्था गरेको बताए । उनले खेल र खेलाडीको विकासकोलागि आफूले नयाँ कानुन ल्याएको उल्लेख गर्दै आफ्नो पालामा साठी करोडको बजेटलाई बढाएर ३ अर्व पुराएको उल्लेख गरे । पुर्वमन्त्री पौडेलले आफनो पालामा सुरुगरेको एक निर्वाचन क्षेत्र एक खेलमैदानको योजना बर्तमान सरकारले निरन्तरता नदिएको प्रति दुख ब्यक्त गरे । प्रतियोगिता गर्न वडा कार्यालयले वडा बजेटबाट ६ लाख रुपैया बिनियोजन गरेको वडा अध्यक्ष ईलियास देवानले जानकारी दिए ।

क्रिकेट क्लवका अध्यक्ष सेराजुल हकको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संबिधान सभाका सदस्य डा.गोपाल ठाकुर, जयराम दाहाल, प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, सिता गुरुङ, नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, वडा अध्यक्ष इलियास देवान,नेकपाका नेता हरु देवनारायण चौधरी, मनोज पौडेल, कृष्ण खनाल,रोशन यादव, क्रिकेट संघका बारा अध्यक्ष प्रभाव चौरसीया,कवडीका फुलमहमद मंसुर लगायतको उपस्थिती रहेको थियो । शनिबार कलैया क्रिकेट क्लब र गौर क्रिकेट क्लब बिच भएको उद्घाटन खेलमा कलैयाले जित हात पारेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, शिल्ड ,मेडल र प्रमाण पत्र र द्धितीय हुने टिमले नगद २१ हजार रुपैया ,शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष शेराजुल अंसारीले जानकारी दिए ।

हरेक दिन म्यान अफ दि म्याच घोषित हुने प्रतियोगिता फागुन एक गते सम्म चल्ने छ । प्रतियोगितामा धनुषा रोयल क्रिकेट क्लब ,बजाज युथ क्रिकेट एकेड्मी राजबिराज ,रुपेन्देही क्रिकेट ईलेभेन भैरवा ,हेटौडा क्रिकेट क्लब ,रौतहट क्रिकेट क्लब ,पर्सा क्रिकेट क्लब ,कलैया क्रिकेट क्लब र हरपुर क्रिकेट क्लबको सहभागिता रहेको क्लबका ईकरामुल अंसारीले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News