अपडेट 
२०७७ माघ २५, आईतवार ०९:३५

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटको विपक्षबाट बहस गर्ने कानून व्यवसायीलाई आज (आइतबार)बाट संवैधानिक इजलासले १० देखि १५ मिनेट मात्र समय दिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजदेखि बहस गर्ने वकिललाई जम्मा १० देखि १५ मिनेटको समय छुट्याएका हुन् । प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीका तर्फबाट पनि बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएको उल्लेख गर्दै समय निर्धारण गरिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको विपक्षबाट बहस गर्न सरकारी वकिलसहित सरकारका पक्षमा बसह गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट पनि उल्लेख्य संख्यामा कानुन व्यवसायी छन् ।

सरकारका तर्फबाट हालसम्म सात जना सरकारी वकिलले बहस गरिसकेका छन् । संवैधानिक इजलासमा सरकारको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले बहस गर्दै संसदीय शासन व्यवस्थामा प्रतिनिधि सभा विघटन गर्न पाउने अन्तर्निहित अधिकार प्रधानमन्त्रीलाई भएको र यस्तो अन्तर्राष्ट्रिय अभ्यास पनि भएको तर्क गर्दै आएका छन् । सरकारी पक्षको बहस सकिएपछि नेपालबार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनबाट नियुक्त भएका एमिकस क्युरीका ५ जना सदस्यले बहस गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News