अपडेट 
२०७७ माघ २६, सोमबार ०८:१०

जनता समाजवादी पार्टीले वीरगंजको घण्टाघर नजिक विरोध प्रदर्शन गर्नुको साथै पालिकाहरुमा पुतला दहन गरेको छ ।

जनता समाजवादी पार्टीका आक्रोसित युवाहरुले विघटित संसद पुर्नस्थापनको माग गरेका थिए । आइतबार पुतला दहन गर्ने क्रममा वीरगंजको १५ भन्दा बढी स्थानहरुबाट जसपाका युवाहरुले प्रधानमन्त्रीका पुतला जलाएका छन् । जसपाका युवा नेता शेख रुष्तम, नुरआलम र तुफान अन्सारी लगायतले पटक पटक पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा सामान्य झडप भएको थियो । झडप पछि क्रममा बीरगंज तनाव ग्रस्त बनेको थियो ।

पैदल यात्रीहरुलाई बजार ओहोरदोहोर गर्न समेत समस्या भएको थियो ।

Comment


Related News

Latest News

Trending News