अपडेट 
२०७७ माघ २६, सोमबार ०८:३०

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा कानु समाजको धर्मशालाको शिलान्यास गरिएको छ ।

स्व. बुवा बिश्वनाथ साहको समृतिमा छोरा शम्भु साह, पत्नी बिजयादेवी साह, सुरेश साह उनका पत्नी संगिता देवी कानुले संयुतm रुपमा २ करोड मुल्य बराबरको ५ कठा जग्गा कानु समाज गंजभवानीपुरलाई दान गरेका छन् । उक्त जग्गामा आइतबार धर्मशालाको शिलान्यास गरिएको छ । जग्गादाताहरुले नै शिलान्यास गरेका थिए । धर्मशाला निर्माणका लागि महागढीमाईका मेयर उपेन्द्र यादवले रु ३० लाख सहयोग गर्ने प्रतिवद्धता ब्यतm गरेका छन् । उपप्रमुख तारादेवीले आफनो ब्यतिmगत रु ५ लाख, कानु कानु हलुवाई मधेसिया केन्द्रिय समितिको तर्फबाट महासचिव चन्देश्वर साहले रु १ लाख ११ हजार,चिन्जीवी गुप्ता १ लाख २५ हजार , गंजभवानीपुर निवासी शमभु साहले आफनो बुबा बिसुन साहको समृतिमा १ लाख ११ हजार ११ रुपैया, पर्सा जिल्ला निवासी शम्भु प्रसाद साहले पनि आफनो बुबाको समृतिमा १ लाख २१ हजार सहयोग प्रदान गरेका हुन । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महागढमिाईका मेयर यादवले कानु समाजको उत्थानका लागि स्थानिय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यत गर्दै अधिकारका लागि सबैजना एकजुट हुनुको बिकल्प नरहेको कुरामा जोड दिएका थिए ।

धर्मशाला निर्माणबाट कानु समुदायका ब्यतिmहरु लाभान्वित नभई गढीमाई पन्चबर्षिय मेलामा आउने भतmजनहरुलाई पनि सहयोग हुने विश्वास व्यक्त गरे । जग्गादाता शम्भु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भोजपुरी कबि बिक्रम साह, कानु अगुवाहरु ओमप्रकाश गुप्ता, राधा साह, मिश्री साह, हिरालाल साह,गोपाल प्रसाद गुप्ता लगायतकाले आफनो बिचार ब्यतm गर्दै जग्गादातालाई प्रसंसा गरेका थिए । सोहि अवसरमा जग्गा प्रदान गर्ने ५ जनालाई मेयर यादव र उपप्रमुख कानुले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News