अपडेट 
२०७७ माघ २६, सोमबार १६:२०

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परी मृत्यु भएका १८ जनाकाे शव प्राप्त भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हिमपहिराेमा परी अझै दुई सयभन्दा बढी बेपत्ता रहेकाे उद्वारकर्मीकाे स्राेत दिँदै सञ्चारमाध्यमले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताउनुभयो । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा दुई सयभन्दा बढी मानिस हराइरहेको बताउनुभयो । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्वारकर्मीको भनाइ छ ।

“यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भन्नुभयो । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्वार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

Comment


Related News

Latest News

Trending News