अपडेट 
२०७७ माघ २७, मंगलवार ०७:४८

सर्लाही सदरमुकाम मलंगवामा सडक पेटीको ढलमा डुबेर एक बालकको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१० स्थित नारायण धर्मशालाको अगाडी सडक छेउको ढलमा डुबेर बालकको मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका बस्तिपुर घर भइ हाल मलंगवा–१० मा होटल सञ्चालन गर्दै आएका प्रमोद अधिकारीको १४ महिने छोरा राज अधिकारीको मृत्यु भएको हो । शुक्रवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा ढलमा डुबेर घाइते भएको बालकको स्तुति सौम्या हेल्थ केयर मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डु लगिएको र त्यही उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सडक निर्माणका क्रममा बनाइएको ढल खुल्ला छाडिएका कारण ढलमा जमेको पानीमा डुबेर मलंगवामा बालकको मृत्यु भएको हो ।

खुल्ला छाडिएका नालहरु छोप्ने तर्फ नगरपालिकाको ध्यान नगएको कारण दुर्घटना बढेकोले नगरपालिकाको अविलम्ब ध्यान जानु पर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चौधरीले बताए ।

Comment


Related News

Latest News

Trending News