अपडेट 
२०७७ माघ २७, मंगलवार ०८:१५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गिरीराजमणि पोखरेलले आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्नु पर्ने बताएका छन् ।

समाज पश्चिमा रहनसहन तर्फ आकर्षित भएकै कारण समाजबाट योग ध्यान लोप हुँदै गएकोले तिनै तहका सरकारले प्राचिन विज्ञानलाई जीवन्त राख्ने किसिमको अभियान जनस्तरसम्म संचालन गर्नुपर्ने पोखरेलले बताए । मधेसमा प्रयाप्त मात्रमा उपलब्ध जडिबुटीलाई व्यवसायिक रुपमा उत्पादन गरी मधेसका शिक्षालयलाई अनुसन्धानात्मक संस्थाको रुपमा बिकास गर्नु पर्ने पोखरेलले बताए । महोत्तरीको गौशालामा सोमबार डिप्लोमा ईन आयुर्वेद विज्ञान विषयको पठनपाठन शुभआरमभ गर्दै पोखरेलले मध्यम स्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भुमिका अहम रहेको बताए ।

शिक्षलयलाई पढाइ संगै व्यवहारिक शिप सिकाएर अगाडी बढाउनु पर्छ, पोखरेलले भने,–‘कक्षामा पढेर मात्रै हुन्न । प्रयोगात्मकमा जोड दिनु पर्छ ।’ आयुर्वेदिक शिक्षालाई अध्ययनसंगै सेवा संग जोडनु पर्छ, उनले भने । कार्यक्रमकाबीच समाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव कृष्णप्रसाद काप्रीले शिक्षा, स्वास्थ्यलाईं प्राथामिकतामा राखि प्रदेश सरकारले मानव सुचांकनलाई अगाडि बढाउने किसिमको योजना तयार गरेको बताए । प्रदेश सरकारका शिक्षा नितीमा गौशाला नगरपालिकालाई समेटिएको प्रदेश उनले बताए । सिटिईभिटी प्रदेश २ प्रमुख नागेन्द्र साहले गुणस्तरीय प्राविधीक शिक्षाको माध्यमलाई प्रदेश नं.२ लाई नमुना बनाउने किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आग्रह गरे । गोशाला नगरपालिकाका मेयर शिवनाथ महतोले शिक्षलय उदघाटन गरेर मात्र नहुने भएकोले यसलाई व्यवस्थित गरि निरन्तरता प्रदान गर्नुपर्नेमा सवैको भुमिकाको आवश्यक रहेको बताए ।

समाजिक विकास मन्त्रालयले आयुर्वेद अस्पताल निर्माणका लागि ३० लाख बराबरको सहयोग प्राप्त भएको नगरप्रमुख महतोले जानकारी दिनुभयो । गौशाला–१२ कान्तिबजारमा सोमबार सिटीईभिटीसँग समन्वयन गर्दै गौशाला नगरपालिकाले आयुर्वेदको पठनपाठन सुचारु गरिएको महतोले बताए । यता आयुर्वेद कक्षा सञ्चालनकलागि जग्गा निशुल्क १० कठ्ठा जग्गा उपलब्ध गराएका स्थानिय महेन्द्र लामालाई सम्मान गरिएको थियो ।

व्यक्तिगत रुपमा प्रदान गरेको जग्गामा पूर्वमन्त्री पोखरेलले गौशाला प्राविधीक शिक्षालय भवनको शिलान्यास गरेका छन् ।

Comment


Related News

Latest News

Trending News