अपडेट 
२०७७ माघ २७, मंगलवार ०८:१९

मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले सरकारले मस्जिद र मदर्साहरुका लागि छुट्याएको सेवा सुविधा उपलब्ध गराउन नसकेको बताएका छन् ।

मुस्लिम आयोगले सोमबार बीरगञ्जमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुसंग मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन र सशक्तिकरण विषयक अन्र्तक्रियामा अन्सारीले सरकारले मुस्लिमको अधिकार पुर्ण रुपमा कार्यन्वयन नगरे सम्म आयोगले चरणबद्ध रुपमा मांग प्रक्रियाहरु अगाडी बढाउने बताए ।

अन्सारीले मुस्लिमको हकहित र अधिकार को लागी जोडदार मांग गर्दै सरकारी तथा निजामती पेशाको उच्च ओहदा मुस्लिमलाई जागिरमा बहाली हुनुपर्ने, प्रत्येक वडा समितिहरुमा संख्यत्मक रुपमा नभए कम्ती एक जना मुस्लिम सदस्यहरु हुनु पर्ने बताए । मुस्लिम अधिकारको लडाईमा सम्पुर्ण मुस्लिम अगुवाहरुलाई अग्रसर भई आगाडी बढिन उनले आग्रह गरे ।

वीरगञ्ज स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्याक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नेकमहम्द मिया, प्रदेश सांसद करिमा बेगम, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्ग, शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका लगायतका सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News