अपडेट 
२०७७ माघ २७, मंगलवार ०८:२४

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आन्दोलनमा रहेका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले सोमवार रौतहटको सदरमुकाम गौरमा मशाल जुलुस प्रदर्शन गरेका छन ।

पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार पार्टी कार्यकर्ताहरुले सरकारको विरुद्ध राको जुलुस निकालेका हुन । नेकपाका प्रदेश सदस्य शम्भू साहको नेतृत्वमा प्रहरीको कडा सुरक्षा विच मधेशी क्रान्ति चोकबाट निकालिएका मशाल जुलुस नगर परिक्रमा गरेका थिए । पार्टीका नेता भिखारी प्रसाद यादव , विक्रांत विक्रम नेपाल पालू , प्रदीप यादव लगायतका सयौको संख्यामा सहभागी भएका नेकपा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको विरुद्ध चर्को नारावाजी गरेका छन ।

प्रदर्शनकारीहरुले लोकतंत्र जिन्दावाद , जनता मिस्न पाइदैन जस्ता नारा लगाएका थिए ।

Comment


Related News