२०७७ माघ २७, मंगलवार ०८:३२

आनन्द मार्ग योग सोसाइटी नेपालको आयोजनामा सर्लाहीको सदरमुकाम मलंगवामा वर्तमान शिक्षामा योगको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

आम जनमानसमा योग सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । मलंगवा नगरपालिका–३ स्थित प्रोफेसर रामबाबु साहको निवासमा आयोजित त्रिदिवसीय शिविरमा भारतको कलकत्ताबाट आएका प्रमुख वक्ता वरिष्ठ आचार्य वित्तमोहनान्द अवधूत तथा महिला सन्यासी योगध्यान प्रशिक्षकहरुले योग आशन तालिम दिएका थिए । शरिर विज्ञान, मनोविज्ञान, आधात्म विज्ञान लगायत आनन्द मार्ग दर्शनको बारेमा विशेष कक्ष मार्फत सहभागीहरुलाई जानकारी गराइएको कार्यक्रम संयोजक आचार्य परिपूर्णानन्द अवधूतले बताए ।

शिविरको अन्तिम दिन सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा सर्लाही क्याम्पस प्रमुख हिरा प्रसाद कुम्हाल, पुर्व क्याम्पस प्रमुख कृष्णदेव यादव, योग सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष रामाश्रय राय लगायत शिविरमा सहभागी भएका थिए । शिविरमा वर्तमान शिक्षामा योगको महत्वको विषयमा अन्तरक्रिया गरि शिवरिको समापन गरिएको केन्द्रीय सचिव प्रभात खत्रीले बताए । शिविर माघ २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो ।

Comment

Related News

Latest News

Trending News