अपडेट 
२०७७ माघ २८, बुधबार ०७:१७

्रदेश नम्बर २ कै दोस्रो अत्याधुनिक राइस मिलको सिरहामा उद्घाटन भएको छ ।

वीरगंज पछि सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ मा अत्याधुनिक कौशल एग्रो राइस मिल प्रा लि को एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले मंगलबार उद्घाटन गरेका हुन् । कार्यकारी अधिकृत अर्यालले शुभकामना दिँदै भने एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य अनुसार नै अगाडी बढने प्रतिबद्धता जाहेर गरे ।

उन्नति समृद्धिको लागि सहयोग गर्न तत्पर रहेको बताउँदै व्यवस्थित तरिकाले उद्योग सञ्चालन गर्न शुभकाममा पनि दिए । विशिष्ट अतिथि खाद्यान्न व्यापार तथा वाणिज्य विभागका महाप्रबन्धक नेत्र सुवेदीले उद्योगको प्रगतीको शुभकामना दिए । अर्का विशिष्ट अतिथि सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले उद्योगको सफलताको कामना गर्दै यहाँबाट उत्पादित चामल देश विदेशमा पनि आफ्नो पहिचान बनाओस भन्दै शुभकामना दिए । उद्योगका सञ्चालक महेश साहले भने, ४० करोडको लगानीमा सुरु भएको राइस मिलमा ७० जना कामदारले रोजगारी पाउने बताए । सञ्चालक साह गोलबजारका स्थापित र सफल व्यापारी रहेको स्थानीय व्यापारीहरूको कथन रहेको छ ।

उद्योग व्यापार संघ गोलबजारका बरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक साहले विगत लामा समय देखि गोलबजारमा राइस मिल चलाउँदै आइरहेका छन् । सञ्चालक साहले भने, यहाँबाट उत्पादित चामल देशको राजधानी काठमाडौ पोखरा लगायत हरेक क्षेत्रमा पुग्ने र व्यापार संगै सेवाको भावनाले पनि उद्योग सञ्चालनमा ल्याएको बताए । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिहरुलाई संचालक साहले मायाको चिनो प्रदान र दोसल्ला ओढाई सम्मान गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य उद्योग ब्यापार संघ गोलबजारका महासचिव एवं सफल व्यवसायी राकेश गुप्ताले गर्नुभएको थियो भने अध्यक्षता संचालक साहले गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले यस प्रकारको अत्याधुनिक राइस मिल सिरहाको मात्र होइन, प्रदेश नं २ कै शान रहेको बताए ।

Comment


Related News

Latest News

Trending News