अपडेट 
२०७७ माघ २८, बुधबार ०७:३७

सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टीमा मंगलबार अतिबिपन्न १४ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच अतिबिपन्न दलित परिवारलाई घर हस्तान्तरण गरिएको हो । महुली सामुदायिक बिकस केन्द्र, ह्याबिटेट फोर हुमानिटी नेपाल र शम्भुनाथ नगरपालिकाको संयुक्त साझेदारीमा निर्मित घर मन्त्री साहले साँचो प्रदान गरि हस्तान्तरण गरे । घर हस्तान्तरण गर्दै मन्त्री साहले घरलाई सुरक्षा गरि उपयोगमा ल्याउन घरधनीलाई अग्रह गरे । अतिबिपन्न गरिव दलितका लागि आवास निर्माण गरेको भन्दै मन्त्री साहले सहयोगीहरुलाई धन्यवाद समेत दिए । गरिवका लागि यतिको आकर्षक घर जग्गा पाउनु सामान्य कुरा होईन मन्त्री साहले भने, राष्ट्रकै उदाहरणीय भएको छ । कम लगानीमा सुरक्षित अवास बन्ने र भुमिहीन गरिवले पाउने भएकोले योजनालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री साहले योजानाले गरिवहरुलाई निर्धकपुर्वक बस्ने बासको लागि सहज हुने भएकोले प्रदेश सरकारले आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । घर हस्तान्तरण कार्यक्रममा महुली सामुदायिक बिकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरी, ह्याबिटेट हुमानिटी नेपालका प्रबन्धक रामप्रकाश दनुवार, ईन्जिनियर तृप्ती महासेठ, प्रस्तुती केसी, महुली समुदायका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो । छाना कार्यक्रम अन्तर्गत संचालित तथा निर्मित सामुदायिक अवास र हिल्टी बाँस आवसमा प्रति घर ३ लाख ९४ हजार लगानी भएको जनाएको छ । बाँस तथा स्थानीय श्रोत साधन र श्रमको बढी उपयोग गरि बनाएकोले घर निर्माणमा कम लगानी लागेको महुली सामुदायिक बिकास केन्द्रले जनाएको छ । कनकपट्टीमा ३४ परिवारका लागि बनेको घरमध्ये हिल्टी बाँस आवास योजनाका १४ घर अति बिपन्न गरिव दलित परिवारलाई हस्तान्तरण गरेको महुली सामुदायिकका निर्देशक चौधरीले जानकारी दिए । मन्त्री साहले घर हस्तान्तरण पछि निर्माणधिन अन्य अवासहरुको समेत निरीक्षण, अबलोकन गरेका थिए ।

दलित परिवारले सुरक्षित अवास र भुमि पाउने देखेपछी मन्त्री साह अग्निसाईर कृष्णासवरन ४ स्थित कटाहा भेडियाको ५० घर एकीकृत बस्तिमा पुगेर उनीहरुको समस्य बारे जानकारी लिएका छन् । मन्त्री साह समक्ष स्थानीयले बाटो, विद्यालय, बिधुत खानेपानी, बेरोजगारीको समस्य राखे । मन्त्री साहले एकीकृत बस्तिमा भएको आबश्यकतालाई पुर्ती गर्न पहल गर्ने र प्रदेश सरकार साथ रहने प्रतिबद्धता व्यक्त गरे । गत साल अग्निसाईर कृष्णासवरन गाउँपालिका, महुली सामुदायिक र ह्याबिटेट फोर हुमानिटीको साझेदारीमा एकीकृत बस्ती निर्माण गरि अति बिपन्न दलित समुदायलाई हस्तान्तरण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News