अपडेट 
२०७७ माघ २८, बुधबार ०७:४१

प्रदेश २ मा पहिलो चरणमा झण्डै २६ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

गत माघ १४ देखि प्रदेशमा सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत माघ २४ गते सम्म २५ हजार ६ सय ३६ जना अर्थात ७४ प्रतिशतले खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पर्सा जिल्लामा सबैभन्दा बढि ५ हजार ११८ जना र सबभन्दा कम १ हजार ८०७ जनालाई मात्रै खोप लगाईएको छ । त्यसैगरि, धनुषामा ३ हजार ८०३, महोत्तरिमा २ हजार २७५,सर्लाहीमा २ हजार ९७६,रौतहटमा २ हजार ५३९,सिरहामा ३ हजार ४२६ र सप्तरीमा ३ हजार ७५४ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाईएको छ । भारतीय सरकारको अनुदानमा प्राप्त भएको १० लाख खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई पहिलो चरणको लागि ३४ हजार ८०४ थान खोप उपल्धगराएको थियो । यसैबीच, प्रदेश २ का भरिमा मंगलवार एक जना मात्रै कोरोना पोजेटिभ पाईएको छ ।

विभिन्न जिल्लाका २८ जना शंकास्पद व्यक्तिको मंगलवार स्याब परीक्षण गर्दा १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ । जनकपुरधाम उपमहनगरपालिका–२ बस्ने एक युवामा कोरोना पोजेभिट पाईएको छ । यो सँगै प्रदेशमा कोरोना पोजेभिटको संख्या १७ हजार ९ सय ९१ पुगेको छ भने उपचार पश्चात कोरोना संक्रमणबाट निको भएको संख्या १६ हजार ९२६ पुगेको छ । अहिले सम्म प्रदेश २ का १ लाख ४५ हजारको ४ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो केहि महिना यता प्रदेश २ का कोरोना संक्रमितको संख्यामा व्यापक कमि आएको स्वास्थ्यकर्मीहरुको भनाई छ । त्यसैगरि, प्रदेश २ का अहिले सम्म१६९ पुरुष र ४० महिला गरि २ सय ९ जनाको कोरोना संक्रमितको मृत्यु स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश२ मा पहिलो चरणमा झण्डै २६ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

गत माघ १४ देखि प्रदेशमा सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत माघ २४ गते सम्म २५ हजार ६ सय ३६ जना अर्थात ७४ प्रतिशतले खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पर्सा जिल्लामा सबभन्दा बढि ५ हजार ११८ जना र सबभन्दा कम १ हजार ८०७ जनालाई मात्रै खोप लगाईएको छ । त्यसैगरि, धनुषामा ३ हजार ८०३, महोत्तरिमा २ हजार २७५,सर्लाहीमा २ हजार ९७६,रौतहटमा २ हजार ५३९,सिरहामा ३ हजार ४२६ र सप्तरीमा ३ हजार ७५४ जनालाई कोभिड–ज्ञढ विरुद्धको खोप लगाईएको छ ।

भारतीय सरकारको अनुदानमा प्राप्त भएको १० लाख खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई पहिलो चरणको लागि ३४ हजार ८०४ थान खोप उपल्ध गराएको थियो ।

Comment


Related News

Latest News

Trending News