अपडेट 
२०७७ माघ २८, बुधबार ०७:४९

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा रोजगारीको नाउमा एक गैरसरकारी सस्थाले दलित महिला तथा पुरुषहरुको श्रमशोषण गरिरहेका छन ।

वर्ल्ड पड प्रोग्राम अंतर्गत सञ्चालन गरिएको स्वरोजगार कार्यक्रममा सहभागी भएकी दलित समुदायको महिला हरुको श्रम शोषण गर्ने कार्य भई रहेको हो । चितवनको फा‘रवार्ड नामक सस्थाले दैनिकी ९ घण्टा जोखिमपूर्ण काम गराएर न्यून पारिश्रमिक दिने गरेको महिलाहरुले गुनासो गरेका छन । ४० दिनको रोजगारमुखी कार्यक्रम रहेकोमा विना सुरक्षामापदंडको कार्य गर्नु परेको उहाहरुको भनाइ रहेको छ । नाला सरसफाई गर्दा हाथ तथा खुट्टा काटिने खतरा रहेको बताउँदै प्राथमिक उपचारको व्यवस्था समेत सस्थाले नगरेको हुदा कार्य गैर्न समस्या भैरहेको मोल्हि देवीले बताइन । नगरपालिकाको वड़ा नम्बर २ मा ४२ जना , वड़ा नम्बर ३ मा ७७ जना र वड़ा नम्बर ६ मा ९२ जना महिला पुरुष कार्यरत रहेका छन । विहान९ बजे देखि बेलुकी ५ बजे सम्म जोखिमपूर्ण काम गर्दा ५१७ रुपैया पारिश्रमिक दिने गरेको समूहकी अध्यक्ष ललिता देवीले जनाए । फोहर भएको ठाउमा सफाई गर्ने कार्य गर्दा खुटामा सीसी बोतलको टुक्रा चुभिन सकिने तथा पंजा नभएको कारण हाथ काटिने खतरा भएको सुनाइन ।

काम गर्ने मजदुरलाइ जूता , पंजा , मास्क ,उपलब्ध गराउनु पर्नेमा काम गराउने सस्थाका प्रतिनिधि भोला पटेल , रामपुकारले त्यों सुरक्षाको सामग्री समेत नदिएको उनीहरुले दावी गरे । दिन भरी काम गर्दा पनि खाजा नदिने गरेको आरोप महिलाहरुको रहेको छ । काम गर्नेको ३ लाखको विमा गर्नु पर्नेमा सो पनि नगरिएको बुझिएको छ । पानीको निकास नभएकोले नाला सफाईको कुनै औचित्यनभएको स्थानियहरुले टिपण्णी गरेका छन । समूहको निगरानी गर्ने जिम्मा पाएका व्यक्तिको लापरवाहीको कारणमहिलाहरुको कुनै बेला ज्यान जोखिममा पर्नुको साथै दुर्घटना हुन सकिने स्थानियहरुको कथन रहेको छ ।

समूहको अध्यक्ष रहेका जय प्रकाश हाजराले सुरक्षाको सामग्री उपलब्ध नभएको स्वीकार गरेका छन । सस्थाले ५ जना पुरुषको लागि जूता , जैकेट ,ग्लव्स मात्र दिएको बताएका छन । गैर सरकारी सस्थाले बढ़ी आय गर्ने उदेश्यले गरीव निमुख्खा जनता लाइ ठगिने गरेकोले सम्वन्धित निकाय , स्थानीय सरकारले निगरानी गर्नु पर्ने आवश्यक रहेको छ ।

Comment


Related News

Latest News

Trending News