अपडेट 
२०७७ माघ २८, बुधबार १३:४२

जनकपुरधाम भन्सार कार्यालयले आर्थिक मसान्त समाप्त हुन ६ महिना बाकि छदै राजश्व असुलीको लक्ष्य पुरा गर्ने देखिएको छ ।

भन्सार कार्यालयलाई दिइएको कुल लक्ष्य मध्ये कोरोना महामारीका वावजुद ६ महिना पहिले नै ९५ दसमलव ३७ प्रतिसत लक्ष्य पुरा गरेको छ ।यस वर्ष तोकिएको लक्ष्य ३३ करोड ३५ लाख रहेकोमा पुस मसान्त सम्म ३३ करोड ३७ लाख लक्ष्य हासील गरिसकिएको भन्सारका सुचना अधिकारी प्रवीण कुमार लाभले जानकािर दिए ।आर्थिक वर्ष ०६/०७७ मा २९ करोड ९९ लाख लक्ष्य लिइएकोमा ३३ करोड राजश्व संकलन गरिएको थियो । गत वर्षको लक्ष्य अनुसारको राजश्व संकलनबाट हौसिएर आर्थिक वर्ष ०७७/०७८ मा तीन करोड बढि लक्ष्य दिइएको थियो तर कोरोना संकटले निम्तयाएको समस्याले राजश्व संकलनको लक्ष्य पुरा नहुने सोच वनाइएपनि नेपाल सरकारले भित्राएका दुइवटा रेलको भन्सार शुल्क नै १८ करोड आएपछि तोकिएको लक्ष्य भन्दा पनि बढि संकलन हुने देखिएको सुचना अधिकारी लाभले वताए ।

आर्थिक वर्ष ०७७/७८ को साउन महिनामा १६१.१४,भाद्र महिनामा ८४.९४,आश्विनमा ६३०.५६,कार्तिकमा ६३.९२,मंसिरमा ७६.३८ र पुस मसान्तमा ४५.३१ प्रतिसत राजश्व संकलन गरिएको छ ।आश्विन महिनामा देखिएको बढि राजश्व संकलन रेल खरिदबाट आएको राजश्व संकलनले भएको हो ।यस आर्थिक मसान्त सम्ममा तीन करोड प्रति महिना राजश्व संकलनको लक्ष्य लिइएपनि प्रति महिना दुइकरोड भन्दा बढि लक्ष्य हासिल गरिदै आएको सुचना अधिकारी लाभको भनाई रहेको छ ।

Comment


Related News

Latest News

Trending News