अपडेट 
२०७७ माघ २९, बिहीबार ०७:४४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको हो । बुधबार राती १२ बजे देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मुल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र हाल १ फेब्रुअरी र १६ जनवरीमा ईण्डियन आयल कर्पोरेशनले पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ  बढाएकाे छ ।

ग्यासमा प्रतिलिटर २५ रुपैयाँ बृद्धि गरेसँगै अब प्रतिसिलिण्डर १४ सय रुपैयाँ पर्ने छ।

Comment


Related News

Latest News

Trending News