अपडेट 
२०७७ माघ २९, बिहीबार ०८:१०

जनता समाजवादी पार्टी नेपालले विभिन्न जिल्लाहरुमा सरकारको प्रतिगामी कदम विरुद्ध बुधबार साँझ मशाल जुलुश प्रदर्शन गरेकोछ ।

जनता समाजवादी पार्टी धनुषाले बुधबार साँझ जनकपुरधाममा मशाल जुलुश प्रदर्शन गरेको हो । जसपाको पूर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरसहित प्रदेश २ का जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन गरिएको हो । प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा जसपा नेपाल आन्दोलित भएको छ । नेकपा तथा प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरुधमा जसपा नेपालद्वारा विभिन्न चरण कार्यक्रम घोषणा गरेको थियो । त्यसै अनुरुप आज जनता समाजवादी पार्टी नेपालका केन्द्रिय, प्रदेश तथा स्थानीय नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा जनकपुरको रेल्वे स्टेसनबाट मशाल बालेर जनक चौकमा गएको र जनक चौकमा कोणसभा गरेको थियो ।

जसपा नेपाल जिल्ला अध्यक्षद्वय पशुपति यादव र प्रमोद यादवको नेतृत्वमा जसपाका केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा पालिका सदस्यहरु स्थानीय नेता तथा कर्याकर्ताहरु लगायत सहभागितामा मशाल जुलुस गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News