अपडेट 
२०७७ माघ २९, बिहीबार १५:५७

डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् ।

उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्ने बताएका हुन् । माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन् ।
डा. केसीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन् । ‘प्रजातन्त्रको हत्या गर्न खोज्ने तानशाही हामीलाइ स्वीकार्य छैन। अदालतले संविधानको रक्षा नगरे जनताले जवाफदेही बनाउनेछन्,’ उनले भने, ‘गैरसंवैधानिक प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गर्नेमा मलाई विश्वास छ ।’ केसीले उनले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । ‘७७ जिल्लामध्ये जहाँ पनि बस्न सक्छु । अहिले नै ठाउँ भनियो भने ओलीले गैरकानुनी बल प्रयोग गरेर अनशन बस्नै दिँदैनन्,’ उनले भने । ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खोजेको केसीले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News