अपडेट 
२०७७ माघ २९, बिहीबार १८:४८

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा बिहीबार मोटरसाइकल र्याली गरिएको छ ।

लक्ष्मीनियाँ बजारबाट शुरु भएको मोटरसाइकल र्याली पालिकाको सबै गाउँ र टोलहरुको परिक्रमा गरेको थियो । सिनुरजोडा, सोहनी, अरेरबा, बनिगामा, अगिलेसवा, सपही, बनिनिया, भंगाहा, बगेबा, कुम्हरौडा, भगवतीपुर लगायतको गाउँको परिक्रमा गरेर पुनः लक्ष्मीनियाँ बजारमा आएर कोणसभमा परिणत भएको थियो । कोणसभामा जनता समाजवादी पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला र पालिकाका नेताहरुले सम्बोधन गरेका थिए । केन्द्रिय सदस्य महाजन यादव, रामगोविन्द यादव, प्रदेशसभा सदस्य चमेली देवी दास, प्रदेश सदस्य, शेषनारायण यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादव, उपाध्यक्ष इन्द्रकला देवी, जिल्ला सचिव घनश्याम यादव, पार्टीका पालिका अध्यक्ष लालबाबु यादव लगायत जनप्रतिनिधि, स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News