अपडेट 
२०७७ माघ ३०, शुक्रबार ०७:४१

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष विदा भइ गोरु वर्ष शुरु हुने भएको छ । मञ्जुश्री पात्रो शुरु भएको २८५७ औँ वर्ष पूरा भएको छ । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो । ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यस्तै, तामाङ बाहुल्यता भएको बाग्मती प्रदेश र प्रदेश २ का विभिन्न स्थानिय तहहरुले ल्होछारको अवसरमा तीन दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।

Comment


Related News

Latest News

Trending News