अपडेट 
२०७७ माघ ३०, शुक्रबार ०८:३९

लामो समयदेखि कोभिड–१९ का कारण बन्द रहेको मटियर्वा नाका बिहिबारदेखि खुला भएको छ ।

बिगत केहि दिन देखि महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र करैयामाई गाँउपालिकाका प्रमुखले लिखित रुपमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई नाका खोलाउन ज्ञापनपत्र बुझाएका थिए । बिहीबार प्रजिअ नेपालसहित जननिर्वाचित प्रतिनिधीहरुले मटियर्वा गएर संयुतm रुपमा भंसारमा रहेको तारबार हटाई नाका खोलेको हो । नागरिकलाई सहजका लागि सरकारले नाका खोल्न दिएको निर्देशन अनुसार नाका खोलिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । नाका खुलेसंगै चारपांग्रे गाडीहरु, मोटरसाईकल भारतबाट नेपाल र नेपालबाट भारतमा जाने भएको हो । कलैया उपमहानगरपालिका वडा नम्बर १० मटियर्वा नाका भंसार सुचारु भएपछि नागरिकहरुमा उत्साह छाएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए । पुर्ववत रुपमा नाका सशस्त्र प्रहरीको कमान्डमा सुरक्षा चेक पोष्ट राखी चेकजाँच गर्ने जिम्मेवारी दिएको हो ।

भंसारमा रहेको तारबार बिघटित प्रतिनिधी सभाका सांसद रामबाबु कुमार यादव, प्रदेश २ का सांसद पारस साह, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजित, वडा नम्बर १० का वडाअध्यक्ष शंकर गुप्ता लगायतको सहभागितामा हटाएको थियो ।

Comment


Related News

Latest News

Trending News