अपडेट 
२०७७ माघ ३०, शुक्रबार १२:०८

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको  छ । बिहीबार प्रतितोला चाँदी १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

Comment


Related News

Latest News

Trending News