अपडेट 
२०७७ माघ ३०, शुक्रबार १२:१६

नेपाली भूमिमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा झडपमा भएको हो । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपमा २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले खोसेर लगेको बताइएको छ । ओरिया खोला नेपाली भूमि भए पनि भारतीय पक्षले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ । साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News