अपडेट 
२०७७ माघ ३०, शुक्रबार १८:३१

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारीले नेकपा सरकारले जनताले दिएको जनादेशको वेज्जत गरेको वताएका छन ।

नेपाली कांग्रेस तरुण विभागको जनकपुरधाममा आयोजीत तेस्रो वैठकको पहिलो दिन आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रवार बौल्दै नेता भण्डारीले वहुमत प्राप्त कम्युनिष्ट सरकारले जनादेशको कदर नगरेर जनताको जनादेशको वेज्जत गरेको वताएका छन । कांग्रेसले राजनीतिकरुपमा प्रधानमन्त्री ओलीको यो कदमलाई गैर संवैधानिक रहेको ठहर गरेको वताउदै उनले जनताको अधिकारलाई मासेर सताको दुरुपयोग गरी भेला आयोजना गर्दै जनतालाई भ्रमीत पार्ने कामप्रति कांग्रेसलाई चिन्ता रहेको वताए ।नेता भण्डारीले अदालतको फैसलालाई सम्मान गर्ने पार्टीको मुल नीति रहेको वताउदै उनले सडकबाट धम्काएर कुनै फैसला गराउन मजवुर गराउने प्रति हाम्रो गम्भीर आपती रहेको समेत वताए ।

अदालतको फैसलाको सम्मान गर्ने नै हो भने आनदोलन किन भन्ने संचारकर्मीहरुको प्रश्नमा यसलाई चुनावको तयारीको रुपमा पनि बुझन आग्रह गर्दै ओलीले गरेको प्रतिगमनको विषयमा वुझाउन सडकमा आन्दोलन गरेको वताए । संगठनको अवस्था र सुदृद्धिकरणका लागि छलफल गर्न जनकपुरधाममा केन्द्रिय वैठक डाकिएको वताइएको छ ।

Comment


Related News

Latest News

Trending News