अपडेट 
२०७७ फाल्गुन १, शनिबार ०७:४७

आदर्श नारी सीताको जन्म कहा“ भएको थियो ? मिथिलामा । मिथिलाको राजधानी कहा“ थियो ? जनकपुरधाम । नेपालको सबभन्दा ठुलो र आकर्षक मन्दिर कुन हो ? जानकी मन्दिर । ५२ कुटी ,७२ कुण्ड ( पोखरी ) को सहर कुन हो ? जनकपुरधाम । वर्षभरि धार्मिक सांस्कृतिक आयोजन भई रहने सहर ? मिथिलानगरी जनकपुरधाम । आफ्नै भाषा, साहित्य, कला, संस्कृति, खान पिन भएको मिथिला सभ्यताको अलवम भनेर चिनिने नगर कुन हो ? जनकपुरधाम । मुलुकका सबभन्दा पुराना पा“च नगरपालिकामध्येका एक नगर कुन हो ? जनकपुर । प्रतियोगात्मक परीक्षाहरुमा सोधिने प्रश्नहरु हुन यी । यसका अतिरीक्त जनकपुर रेल्वे, जनकपुर चुरोट कारखाना, जनकपुरको माछा , वासमती चामलको सुगन्धसंग सम्बन्धित प्रश्नहरुको तयारी पनि प्रतिष्पर्धीहरुले तयारी गर्नै पर्ने हुन्छ । तर यस्ता अनेकौ उपादान पाएर पनि यो नगर ओझेलमा किन पर्यो ? पुरानो भएर पनि यस नगरले अन्य नगरको तुलनामा विकास किन गर्न सकेन ? मच्छर र फोहरको डुंगुरको उपमा किन पाए यो सुसंस्कृत नगरले ? देशी विदेशी पर्यटकसंगै हामी जनकपुरियाहरु पनि नया“ वर्ष मनाउन, विवाह पार्टी गर्न , घूमफिर गर्न अथवा रमाईलो गर्न पोखरा, जोमसोम, सौराहा, हिले लगायतका नगर जान किन मरिहत्ते गर्छौ ? हामी जनकपुरियाले आफैसंग सोध्ने ्रश्नहरु हुन यी । यद्यपि नेपालका कुनै पनि सहर भन्दा जनकपुर आउने पर्यटकको संख्या अधिक छ । सप्ताहव्यापी विवाह महोत्सवमामात्र पा“च लाखसम्म श्रद्धालुको आगमन हुन्छ । मध्यमा परिक्रमामा लाखौंको सहभागिता हुन्छ । रामनवमी,जानकी नवमी, छठ , दशैं लगायतका पर्व त्यौहारहरुमा पनि लाखौंको सहभागिता हुन्छन् तर सहभागीहरु विहान आउ“छन् , आफैसंग ल्याएको पूरी–खीर, च्युरा–दही खान्छन् अनि साझ फर्किन्छन् ।

मेलाको अर्को दिन हामी फोहर सोहर्नब्यस्त हुन्छौं । नगर हप्तौसम्म दुर्गन्धित हुन्छ । कथंमकदाचित श्रद्धालुलाई राति बस्नु नै पर्या भने आफ्न्तका घरमा बस्छन् वा हुने खानेहरु जनकपुर भन्दा पनि बर्दीवास र लाहान जस्ता नगरमा बस्न मन पराउ“छन् । जानकी मन्दिर निर्माण भएको झण्डै १३० वर्ष भयो तर आजसम्म हामीले जनकपुरको प्रतीक र पहिचान सूचक एउटै वस्तु उत्पादन गर्न सकेनौं । आखिर किन ? हामी देवघर ( बाबाधाम ) जान्छौ – त्यहा“को पेडा लिएर आउ“छौं । पोखरा जान्छौं– त्यहा“को गलैचा र टि–सर्ट लिएर आउछौं । सौराहा जान्छौं–गैडाको आकर्षक मूर्ति लिएर फर्किन्छौ । मनकामना जान्छौ– खुकुरी बोकेर आउ“छौं । काठमाण्डौबाट सिन्धुली हुदै फर्किने वेला सुन्तला र जुनारलिएर आउ“छौ । तर जनकपुरले आजसम्म आफ्नो प्रतिक र पहिचान झल्किने एउटै पनि वस्तु उत्पादन गर्न सकेन । पछिल्लो पटक जनकपुरमा पनि चिप्लो सडक निर्माण भएको छ । अन्दरग्राउण्ड ढल बनेको छ । प्रदेशको अस्थायी राजधानी पनि जनकपुरमै छ । र पनि जनकपुर पर्यटकलाई आकर्षित गर्न नसक्नुको कारण के होला ? कारण धेरै होलान तर पहिलो कारण भने नगर व्यवस्थापन नै हो । सौराहाको सडक सफा सुग्घर छन् । हाम्रो फोहर । त्यहा“का पसल अगाडी डस्टविन छन् । पान पराग,रजनी गंधा,चाउचाउ त्यहा“ पनि खाने चलन छतर एउटै पनि रेपर सडकमा फालिदैन । डस्टविनमा फालिन्छन् । हाम्रो सडकमात्र होइनन् यहा“का पवित्र तथा ऐतिहासिक पोखरीहरु विभिन्न ब्राण्डका रेपर, प्लाष्टिकका बोतल तथा कुडा कर्कटले भरि भराऊ छ । गंगासागर , धनुषसागर जस्ता पवित्र पोखरीमा स्नान गर्न हिचकिचाहट हुन्छ तर फेवतालमा पैसा तिरेर जलविहार गर्न मज्जा आउ“छ । नारायणी नदीमा नुहाउन सकिन्छ । त्यहा“ सडक फोहर गर्नेमाथि जनकार्यवाही हुन्छ । त्यहा“ खुला चौरमा दिसा पिसाप गर्ने चलन छैन । खुला चौरमा दिसा पिसाप गर्न प्रतिबन्ध लगाउनु पूर्व त्यहा“को नगरपालिका र होटल व्यावसायी संघले पर्याप्त सौचालयको व्यवस्था गरेको थियो । जनकपुर खुला सौचालय बनेको छ ।

जनकपुर रेल्वे स्टेशनदेखि शिवचौकको बीचमा एउटै पनि सार्वजनिक सौचालय छैन । पर्यटक भित्र्याउन त्यहा“का नगरपालिका,उद्योग वाणिज्य संघ , होटल व्यावसायी संघ तथा युवा संघ संस्थाहरु फूड फेस्टिवल, रारा र फेवा उत्सव, साहित्य उत्सव, गैडा महोत्सव, नया“ वर्ष महोत्सवआदिको आयोजन गर्छन । हाम्रो नगरपालिका , उद्योग वाणिज्य संघ र होटल व्यावसायी संघहरु राजनीतिमा व्यस्त हुन्छन् । उपल्ला दर्जाका राष्ट्रसेवकहरुको आगत स्वागतमा तल्लीन हुन्छन् । सामाजिक संघ संस्थाको नाममा राजनीतिक अभिष्ट प्राप्तिमा संलग्न हुन्छन् । सामाजिक सेवालाई राजनीतिक लाभको सिडीको रुपमा प्रयोग गर्छन । धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा अटूट राजनीतिक पृष्टभूमि बोकेको जनकपुरधामसंग पर्यटक आकर्षित गर्ने भरपूर सम्भावना छ तर व्यवस्थापकीय अदूरदर्शिताका कारण पर्यटनलाई आयमूलक व्यावसायको रुपमा विकसित गर्न सकिएको छैन । पर्यटन व्यावसायलाई व्यवस्थित तथा आयमूलक बनाउन सकिएन भने हामी सुनको कचौरामा भिक्षाटन गर्न बाध्य रहिरहने छौं ।

Comment


Related News

Latest News

Trending News