अपडेट 
२०७७ फाल्गुन १, शनिबार ०८:०९

सर्लाहीको गोडैता नगरपालिका अन्तर्गतका विधालयहरुमा छात्रवृत्ति रकम वितरण शुरु भएको छ । कोरोना महामारीका कारण गत वर्ष नगरपालिकाबाट वितरण हुन नसकेको छात्रवृत्रि वापतको रकम अहिले धमाधम वितरण भइरहेको शिक्षा शाखा प्रमुख प्रमोध कुमार यादवले जानकारी दिए ।

गोडैता नगरपालिकामा ५ वटा माध्यमिक, ४ वटा अधारभूत र १६ वटा प्राथमिक विद्यालय गरी २५ वटा सामुदायिक विद्यालय रहेको छ । जसमध्ये सिसौटिया, रामवन र गोडैता माविले छात्रवृत्ति वितरण गरिसकेको र सिमरा भगवतीपुर माविको वितरण गर्न बाँकी रहेको यादवले बताएको छ । रामवनकै सरस्वती र बगदहका रामजानकी माविले पनि छात्रवृत्ति वितरण गरिसकेको छ । त्यस्तै बकैनिया, गोडैताको करिब आधा दर्जन भन्दा बढी प्राविले पनि छात्रवृति गरिसकेको शिक्षा शाखा प्रमुख यादवले बताए । विद्यालयमा भएको विद्यार्थीको अनुपातमा छात्रवृत्ति वितरण नभएको गोडैता नपा वडा न.५ स्थित श्रीमती देवी कुशवाहा सामुदायिक आधार भूत विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले गुनासो गरे । गत बर्ष बालविकास व्यवस्थापनका लागि प्रति विद्यार्थी ५ सयका दरले वितरण गरिएको छात्रवृत्ति चालु आर्थिक बर्षमा जम्मा ३ हजार रुपैयाँ मात्र वितरण गरिएको उनले बताए ।

नगरभित्रका अधिकांश विद्यालयले दलित, गरिब र बालिकालाई लक्षित गरेर छात्रवृत्ति वितरण गर्दै आएको बताउँदै विद्यालयमा अध्ययनरत सम्पूर्ण ७ सय ७५ जना विद्यार्थीहरुलाई विद्यालयको पोसाक वितरण गरिएको प्रअ महतोले बताए । विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, बुद्धिजीवी लगायतका व्यक्तिहरुले छात्रवृत्ति वितरणको सम्बन्धमा छलफल गर्दा सबै विद्यार्थीहरुलाई समान व्यवहार गर्दै छात्रवृत्ति वितरण गर्नुपर्छ भने कुरालाई अघि सारेपछि विद्यालयले सबै विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न थालेको प्रअ महतोले थपे । गोडैता नपा वडा न–५ मा रहेको श्री जनता माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ सालको १ देखि कक्षा ८ सम्मका छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको प्रअ ब्रह्मानन्द साहले बताए ।

Comment


Related News

Latest News

Trending News