अपडेट 
२०७७ फाल्गुन १, शनिबार ०८:१२

बारामा महिला हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । महागढीमाई नगरपालिका वडा नं. १ निवासी ४८ वर्षीय कान्ति देवी कुशवाहाको हत्या गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार पत्रकार सम्मेलन गरी हत्या गरेको आरोपमा महागढीमाई नगरपालिका वडा नं.१ निवासी ४२ वर्षिय लालबाबु प्रसाद कुशवाहा र ४८ वर्षिय धनेश्वरी देवी कुशवाहालाई सार्वजनिक गरेको छ । मृतक महिलाको परिवार र छिमेकी धनेश्वरी बिच जग्गा सम्बन्धि विवाद र व्यक्तिगतरिसवी रहेको अनुसन्धानको क्रममा खुलेको छ । पत्रकार सम्मलेनमा प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले धनेश्वरीले लालबाबुलाई आर्थिक प्रलोभनमा पारी कान्तिको हत्या गराएको खुलेको बताए । घटनास्थलमा फेला परेको रातो गम्छा र औंठीको आधारमा अभियुक्त लालबाबुलाई पक्राउ गरिएको थियो ।

कान्तिको हत्या गर्दा काठको चिरपट, ढुङ्गा, चुच्चो भएको बस्तुले टाउको तथागालामा प्रहार गरी हत्या गरिएको प्रहरी उपरीक्षक शाहीले बताए । घटनाको बारेमा पता लगाउन धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी नायब उपरीक्षक गौतम मिश्रको कमाण्डमा अनुसन्धान टोली गठन गरी ३२ जनासंग सोधपुछ गरिएको र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा अनुसन्धान टोली खटाईएको प्रहरी उपरीक्षक शाहीले बताए । हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त लालबाबु २०५६ साल देखि २०६१ सालसम्म डांका मुद्दामा तीन पटक, हातहतियार खरखजाना मुद्दामा एक पटक र सार्वजनिक अपराधमा एक पटक पक्राउ परी सजाय भुक्तान गरिसकेको ब्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।

Comment


Related News

Latest News

Trending News