अपडेट 
२०७७ फाल्गुन १, शनिबार १५:३३

प्रदेश २ सरकारले फागुन महिना भित्रै जनकपुरबाट प्रदेश बस सेवा ( प्रदेश परिवहन ) सञ्चालन हुने भएको छ ।

प्रदेश २ को आठवटै जिल्ला सदरमुकामसम्म चलाउने गरि जम्मा ५ वटा बस ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा खरिद गरि ल्याईएको छ । शनिबार (आज) भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि फागुन महिना भित्रै ५ वटै बस सञ्चालन गर्ने जनाएको छ ।भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस संचालन सम्बन्धि कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने बताए । बस सेवा सञ्चालनका लागि संचालक समिति समेत गठन गरिने उहाँले बताउनुभयो । प्रदेश परिवहन बस सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले उल्लेख गर्नुभयो । उक्त बसमा ५० सीट क्षमता रहेको छ ।

Comment


Related News

Latest News

Trending News