अपडेट 
२०७७ फाल्गुन २, आईतवार ०९:०७

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आज (आइतबार) देखि संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानून व्यवसायीले जवाफी बहस गर्दैछन् ।

प्रधानमन्त्री केपी ओली पक्षको बहस गत बिहीबार सकिएको छ । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् । जवाफी बहसमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र शम्मु थापालगायतले बहस गर्नेछन् । माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको प्रतिनिधिसभा विघटन विरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरे । जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्चले जनाएको छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।

Comment


Related News

Latest News

Trending News