अपडेट 
२०७७ फाल्गुन २, आईतवार १३:४२

सरकारले आगामी नयाँ वर्ष २०७८ को वार्षिक क्यालेन्डरमा सार्वजनिक विदा थप गर्ने तयारी गरेको छ ।

सरकारले आगामी वर्षदेखि पुनः आदिवासी, जनजाति र विभिन्न समुदायका सांस्कृतिक चाड पर्वमा सार्वजनिक विदा दिन लागेको हो । यसअघि पनि ती चाडपर्वमा सार्वजनिक विदा दिइदै आएकोमा केपी ओली शर्मा नेतृत्वको सरकारले कटौती गरेको थियो । विदा कटौतीको निर्णयप्रति आदिवासी,जनजाति समुदायले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर आगामी वर्षदेखि पुनः सार्वजनिक विदालाई निरन्तरता दिने गृहमन्त्रालयको योजना रहेको छ ।

सरकारले यसवर्ष तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २८५७ मा पनि सार्वजनिक विदा दिएको थियो । माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको गृहमन्त्री रामवहादुर थापाले बताउनुभएको छ । अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने उहाँको भनाइ छ ।

सरकारले नेपाल पञ्चाङ्ग निर्णायक समिति मार्फत एक दर्जनबढी पात्रोलाई आधिकारिक मान्यता दिए पनि सार्वजनिक विदाबारे भने टुङ्गो लगाउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News