अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०७:४१

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ ।

राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दावी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।  पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ । 

तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन । रेल, पानीजहाज लगायतका महत्वाकांक्षी योजनाहरु घोषणामै सीमित छन् । तै पनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ । यसबीचमा सडक निर्माणको कामलाई लिएर भने नागरिकले पनि सरकारको प्रशंसा गरेका छन् ।

तीन वर्षमा भएको कामबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारबाट ब्रिफिङ गर्ने तयारी गर्नुभएको छ । 

Comment


Related News

Latest News

Trending News