अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०८:०१

संघीय सरकारको सिंचाइ योजना बजेट अभावमा अलपत्र परेको छ । सरकारले योजना शुरु गरेको आवश्यक बजेट नदिंदा प्रदेश २ को ८ जिल्लामा संघीय सरकारको ५१ सिचाइ योजनाको निर्माण अलपत्र परेको छ ।

संघबाट प्रदेशको मातहतमा योजना ल्याएपनि बजेट अभावमा सिचाइका योजनाको काम अगाडी बढन सकेको छैन । सशर्त बजेटबाट सञ्चाल हुने योजना बर्षोदेखि निर्माण भइरहेपनि सञ्चालनमा आउन सकेको छैन । योजनाका लागि आवश्यक बजेट सरकारले नपठाउदा महत्वपुर्ण सिचाइ योजना निमार्णमै दशक समय लागेको छ । करोड बजेट आवश्यक पर्ने क्रमागत पुराना योजनामा ५/७ लाख मात्रै बजेट तोकिदा काम अधुरो छ । सर्लाहीको हजरीयामा ०६८ सालमा सम्झौता गरिएको एकादशी सिचाई योजना २ वर्षमा निर्माण पुरा हुनुपर्ने भएपनि बजेट अभावमा अझै निर्माण पुरा हुन नसकेको भौतिक पुर्वाधार विकास मन्त्रालय जलश्रोत तथा उर्जा विकास शाखाले जनाएको छ । धनुषाको वहुर्वामा ३१ करोड ५३ लाखको लागतमा जमुनी कटाहा सिचाइ आयोजनाको पहिलो खण्ड ०६८ मंसिर २६ देखि ०७१ असाढसम्म निर्माण हुनु पर्ने थियो । पटक पटक म्याद थप भएपनि निर्माण अझै पुरा हुन सकेको छैन ।

धनुषामा सिचाइ आयोजना निर्माण ठेक्का लागेको जमुनी कटाहासंगै बरहथा आमा सिचाइ योजनाको काम ९० प्रतिशत, सोनापारा सिचाइ योजनाको ७० प्रतिशत, अमारी सिचाइ योजनाको ८५ प्रतिशत, माची झिटकैया सिचाइको १० प्रतिशत, चारनाथ सिचाइको ६० प्रतिशत काम मात्रै भएको छ । बिग्ही गजरिया कञ्चनवन सिचाईको ८५ प्रतिशत, बिमला बेलउतीको ७५ प्रतिशत, जल्लाद र रातु खोला सिचाइ योजना निर्माण सुस्त छ । बजेट अभाव र जग्गा अभावले सिचाइ योजना अगाडी बढन नसकेको जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय जनकपुरले जनाएको छ । मझौला सिचाई योजना र सामुदायिक व्यवस्थित कृषि क्षेत्र विस्तार सिचाइ योजना पुरा हुदा धनुषाको ७५ सय हेक्टर सिंचित हुने छ । योजना पुरा नहुदा कृषि योग्य भुमि खडेरीको सामना गर्नु परेको छ । सिचाइ योजनाको निर्माण अलपत्र पर्दा कृषिमा प्रत्यक्ष असर परेको छ । बजेट र तयारी बिनानै सिचाइ योजनाको मन्त्रीहरुले शिलान्यास गरिहाल्ने व्यवहारले सिचाइ योजना शुरु भएपनि सम्पन्न हुन नसकेको जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय जनकपुरका कर्मचारीहरु बताउँछन् । कमला–सुनकोशी डाइभर्सन प्रदेशको सिचाइमा माइलस्टोल सावित हुने चर्चा वर्षौदेखि हुदै आएको छ । संघीय संसद र प्रदेश सभामा सांसदहरुले कृषिको बहसमा कमला–सुनकोशी ड्रइभर्सन छुटाउदैन ।

प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केबरमा शवस्टेशन उदघाटन कार्यक्रममा कमला–सुनकोशी ड्रइभर्सनको चर्चा गरे । तर काम भने सुस्त छ । चर्चा चलेपनि काम गति लिन सकेको छैन ।

Comment


Related News

Latest News

Trending News